हेटौँडामा प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराते हुने

हेटौंडा–१८ ठूलोदमार स्थित मकवानपुर बाल विद्या सदनमा ‘वाग्मती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू)को आयोजनामा फागुन ६ गतेबाट प्रतियोगिता हुन लागेको हो । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिता बारे जानकारी दिएको हो । संघका सदस्य एंव कार्यक्रम संयोजक सुदर्शन खतिवडाका अनुसार हेटौंडा–१८ को आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा प्रदेशभरका १५० खेलाडीहरु सहभागिता जनाउनेछन् । हेटौंडा–१८ का वडाध्यक्ष अनिलकुमार बाानियाले करिब २२ वर्षपछि हुन लागेको प्रतियागितालाई आउादो वर्षहरुमा पनि निरन्तरता दिन वडाले सहयोग गर्ने बताए । उनले प्रतियोगिताले बालबालिका देखि युवासम्मलाई...