मंगलबारबाट हेटौंडामा दोस्रो बिजय युथ गोल्डकप हुने
हेटौंडा । दोस्रो विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता असार ५ गतेदेखि हुने भएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै विजय यूथ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी गराएको छ । फुटबल प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमी, विजय यूथ क्लब, हटिया भेट्रान्स क्लब, ढल्केजोवन एफसी, रिगल हेटौँडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लब, एफसी विजय यूथ, अग्रसर यूथ क्लब, समाज कल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लब, चौकीटोल यूथ क्लब, पशुपति युवा क्लब, हेटौँडा फुटबल एकेडेमी ए गरी १६ वटा टिमको सहभागिता रहनेछ । उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ...