नेपालले पहिलो विकेट गुमायो, भुर्तेल आउट

केन्डी । एसिया कपमा भारतविरुद्ध ब्याटिंग गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भूर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए । भूर्तेलले ३ चौका र २ छक्का प्रहार गरे । नेपालले ६५ रनमा पहिलो विकेट गुमायो ।