मकवानपुर लिग च्याम्पियन बन्याे पदमपोखरी युवा क्लब
हेटाैँडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको पाँचौ संस्करण उपाधि पदमपोखरी युवा क्लवले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलवमा सहिद स्मृति क्लवलाई ३–१ ले हराउँदै पदमपोखरीले उपाधिमाथि कब्जा जमाएकाे हाे । ३५ दिनसम्म सञ्चालन भएको लिगको ९१ औँ खेलपश्चात् प्रतियोगिताकाे विजेता टोलीको टुंगो लागेको हो । खेलको २४ मिनेटमै दिवश गोलेको गोलमार्फत पदमपोखरीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा उप्रान्त आलेको उत्कृष्ट गोलमार्फत सहिद स्मृति खेलमा फर्किएको थियो । त्यसअघि आलेको पेनाल्टी प्रहारलाई पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए । पदमपोखरीले दोस्रो हाफमा २ गोल थपेको थियो । पदमपोखरी विजेश तितुङले ६८ औं...