युभेन्ट्सले च्याम्पियन्स लिग जित्नेमा आशावादी : रोनाल्डो

काठमाडौँ, १४ साउन । युभेन्ट्सका स्टार खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो । उनले रियल छा्ड्दा आफु दुखित भएको अभिव्यक्ति दिएका छन् । रियलमा कुरा नमिलेपछि उनी एक्कासी इटालियन क्लब युभेन्ट्स हानिएका थिए । युभेन्ट्सलाई सिरी ए को उपाधि जिताउन विशेष भुमिका खेलेका उनले भनेका छन्, ‘अझै धेरै उपाधिहरु जित्न बाँकी छ । उपाधिका लागि अझै आफु भोको रहेको छु ।’ उनले भनेका छन्, ‘युभेन्ट्सले आउने सिजनमा च्याम्पियन्स लिग उपाधि जित्ने कुरामा म आशावादी रहेको छु ।’