न‍ेपाली क्रिकेटर पारस खड्काले राष्ट्रिय टोलीको कप्तानी छाड्ने घोषणा

काठमाडौं । चर्चित न‍ेपाली क्रिकेटर पारस खड्काले राष्ट्रिय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै खड्काले कप्तानी छोडेको बताएका हुन् । ‘क्यानमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएकोमा निकै खुशी लागेको छ र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको उन्नति र विकासमा काम गरोस् भन्ने शुभकामना दिन चाहन्छु’, खड्काले आफ्नो पोष्टमा लेखेका छन्, ‘आजैदेखि नेपाली टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय समेत गरेको छु ।’   नयाँ जोश र प्रतिबद्धतासहित सबैलाई संलग्न गराएर नेपाली क्रिकेटलाई अघि बढाउनु पर्ने समेत खड्काको भनाइ छ । साथै उनले आफ्नो सफल क्रिकेट यात्रामा सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक,...