भारतसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा भारतसँग नेपाल ७ विकेटले पराजित भएको छ । बंगलादेशमा भएको प्रतियोगितामा बिहीबार टस हारेर पहिला ब्याटिङमा उत्रेको नेपाल ४४।५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनको योगफल बनाउन सफल भएको थियो । १९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४२ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गरेको हो । भारतको जितमा सनवीर सिंहले सर्वाधिक ५६ रनको यागदान गरे । यस्तै अरमान जाफरले ५१ रन बनाए । बलिङतर्फ नेपालका करन केसी, ललितनारायण राजवंशी र सुशन भण्डारीले एक–एक विकेट लिए । ब्याटिङमा नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन...