जाउलाखेल युवा क्लबलाई प्रभु बैंकको साथ

काठमाडौं । ललितपुरको जावलाखेल युवा क्लबलाई प्रभु बैंकले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ। ‘ए’ डिभिजन क्लब जाउलाखेललाई प्रभु बैंकले मुख्य प्रायोजक गरेबापत रु। २५ लाख प्रदान गर्नेछ। उक्त प्रायोजनासँगै क्लबको फुटबल जर्सीका अगाडिको भागमा प्रभु बैंकको नाम उल्लेख गरिनेछ भने क्लबको नाम प्रभु जाउलाखेल युवा क्लब रहनेछ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जाउलाखेल क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले आइतबार आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरे। बैंकका कार्यकारी अधिकृत शेरचनले क्लबलाई प्रायोजनमात्र नभएर फुटबल विकासमा साथ दिने बताए। त्यस्तै क्लबका अध्यक्ष क्षेत्रीले उक्त प्रायोजन सम्झौताले क्लबको फुटबल विकासमा सहयोग पुग्ने बताए। जावलाखेल युथ क्लबको...