पोखराले धनगढी ब्लुजलाई ८० रनको लक्ष्य
पोखरा । साविकको विजेता पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टि–ट्वान्टी अन्तर्गत लिगमा आफ्नो अन्तिम खेल खेलिरहेको छ । पोखरा रंगशालमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले धनगढी ब्लुजलाई ८० रनको लक्ष्य दिएको छ । पोखराले १६ ओभर ३ बल खेल्दै अल आउट हुँदै ७९ रन बनायो । पोखराले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पोखराका कुशल भुर्तेल ६ रन बनाएर आउट भए । उनी कमल ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भए । तेस्रो ओभरका पोखराले लगातार दुई विकेट गुमायो । तेस्रो ओभरको तोस्रो बलमा कप्तान शरद भेषवाकर ४ रन...