हेटौंडामा भलिबलकाे आधारभुत रेफ्री तालिम

हेटाैँडा । मकवानपुरकाे हेटौंडामा भलिबलकाे आधारभूत रेफ्री तालिम हुने भएकाे छ । मकवानपुर जिल्ला भलिबल संघले उक्त तालिम दिने भएको हाे । २ वैशाख २०८२ बाट सुरु हुने तालिम ५ दिन संचालन हुने आयोजकले जनाएकाे छ । तालिममा सहभागी हुन कम्तिमा जिल्लास्तरीय खेलमा सहभागी भएको हुनुपर्ने मकवानपुर जिल्ला भलिबल संघले जनाएकाे छ । तालिममा सहभागी हुन प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क लाग्ने छ । तालिममा ३५ देखि ४० जना सहभागी गराइने संघ अध्यक्ष वसन्त सिटौलाले जानकारी दिए । हेटौंडा–४, हुप्रचौरमा हुने तालिमकाे राष्ट्रिय रेफ्री विजय वादेसहित ७ जनाकाे टोलीले सहजीकरण गर्ने छन् । जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री...