महिला राष्ट्रिय गोल्डकप प्रतियोगिता : एपिएफले वीरगन्जलाई १२-० ले हरायाे
हेटाैडा । हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता २०८२ काे सेमिफाइनल समिकरण पुरा भएकाे छ । साेमबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे अन्तिम क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफले वीरगञ्ज युथ स्पोर्टस् एकेडेमीलाई १२ गोलले हराउँदै सेमिफाइनलकाे यात्रा सुरक्षित गरेकाे हाे । एपीएफले पहिलो हाफमा ५ र दोस्रो हाफमा ७ गोल गरि कुल १२ गाेल गरेको हो । खेलमा एपीएफकी रश्मी कुमारी घिसिङले ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थप गोल गरे गाेल संख्या...