बागमती सरकारले खेलकुद क्षेत्रकाे बजेट घटाएकाेमा मन्त्री महर्जनकाे गुनासाे

हेटाैँडा । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सिलिङ घटेको भन्दै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गुनासाे गरेका छन् । प्रदेश खेलुकद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा खेल क्षेत्रको बजेट घटाएको भन्दै आक्रोश पोखेका हुन् । उनले भने, ‘चालु आर्थिक वर्षमा ७४ करोड रुपैयाँ रहेको हाम्रो मन्त्रालयलाई अहिले ६१ करोड बजेट सिलिङ प्राप्त भएको छ । यसरी खेलकुदको विकास सम्भव छैन ।’ उनले खेलकुदलाई बजेट माग्दा अर्थमन्त्रीले आफ्नै खल्तीबाट दिनुपर्ने जस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे ।...