दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकमलाई
हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताक उपाधि किङकम भेट्रान्स काठमाडौंले जितेको छ । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि भएको रनिङ शिल्ड फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई टाईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्स बिजयी बनेको हो । बिजयी बनेको किङकम्ले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशी हात पार्न सफल भएको हो । खेलको १४ औं मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औं मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगतमान लामाले गोल गर्दै बराबरीमा बनाएका...