‘सांसद विकास कोष आवश्यक छैन, यसलाई बजेटबाटै हटाउनुपर्छ’ नारायणकाजी श्रेष्ठ, प्रवक्ता- नेकपा

प्रतिनिधिसभाका सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने स्थानीय पूर्वाधार विकास कोषको रकम सरकारले घोषणा गरेको कोरोना भाईरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने सहमति गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ जना सांसदलाई चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँको दरले झण्डै १० अर्ब रुपैयाँ छुट्याएको थियो । खर्च समेत हुन नसकिरहेको यो बजेटलाई कोरोनाको महामारीविरुद्ध लड्न खर्च गरिने भएके हो । तर, सहमति भएपनि रकम जम्मा भने भैसकेको छैन । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदहरुले पाउने स्थानीय पूर्वाधार विकास बजेट आवश्यक परेको अवस्थामा मात्रै कोषमा राख्ने भनिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने...