समाजवाद किन, कस्तो र कसरी ?
संविधानतः नेपाल ‘समाजवादउन्मुख’ राज्य हो । नेपालका अधिकांश राजनीतिक दल सिद्धान्तले ‘समाजवादी’ छन् । व्यवहारमा सिद्धान्त प्रतिबिम्बित छ छैन, त्यो अर्कै कुरा । शब्दमा भने सबै एक से एक समाजवादी । एउटा भनाई छ– ‘तपाई समाजवादी हुनुस् नहुनुस् तपाईको खुशी तर राजनीतिमा सफल हुन चाहनुहुन्छ भने कुनै न कुनै प्रकारले समाजवाद जप्न कहिल्यै नछोडनुस्, किनकी समाजवाद राजनीतिको बजारमा सबैभन्दा सजिलोगरी बिक्ने मालवस्तु हो ।’ एउटा कोणबाट हेर्दा आज नेपालको अवस्था यस्तै छ । नेपाली काङ्ग्रेस– प्रजातान्त्रिक समाजवादी । सत्तारुढ नेकपादेखि माले, मसाल, नेमकिपा, बैद्य र विद्रोही विप्लवसम्म मार्क्सवादी–लेनिनवादी–माओवादी समाजवादी । यहाँसम्म कि बिल्कुल नयाँ पुस्ताको राजनीतिक पहलकदमी विवेकशील नेपाली...