बाहुबलीका भल्लालदेवले गरे विवाह

काठमाडौँ । बाहुबली फेम भल्लालदेव अर्थात् राण दग्गुबतीले मिहिका बजाजसँग विवाह गरेका छन् । शनिबार उनीहरुको विवाह समारोह रामानायडू स्टुडियोमा पूरा भयो । यो विवाह समारोहमा उनीहरुका परिवारका सदस्य, केही आफन्त, साथीहरु र फिल्म इन्डष्ट्रिसँग जोडिएका व्यक्तित्व समावेश थिए । समान्था अक्किनेनी नागा चैतन्य, राम चरण र अलु अर्जुन विवाह समारोहमा उपस्थित भएर राणा र मिहिकालाई बधाई दिए । राम चरणले इन्स्टाग्राममा राणालाई बधाई दिँदै लेखेका थिए, ‘अन्ततः मेरो हल्कले विवाह गर्यो । राणा दग्गुबती र मिहिका बजाजको विवाह सधैं सुखमय बितोस् ।’ कोभिड–१९ को प्रोटोकललाई ध्यानमा राखियोः विवाहको क्रममा कोरोनाको प्रोटोकललाई ध्यानमा राख्दै विवाह स्थलमा स्यानिटाइजर र डिसइन्फेक्टेन्ट...