अभिनेत्री तृप्तिलाई बिहेको दबाब दिँदै पिताले पिटेपछि …

टेलिभिजन तथा साउथ फिल्म अभिनेत्री तृप्ति शंखधरले आफ्नो पितामाथि कुटपिटको आरोप लगाएकी छिन्। उनले आफ्नो पिताबाट आफू असुरक्षित भएको भन्दै सामाजिक सञ्जालमा रुँदै पोस्ट गरेको भिडियोमा पीताले आफूलाई कुटपिट गरेको र छिट्टै केही नगरे पिताले आफ्नो हत्या गर्न सक्ने बताएकी छिन्। ‘मेरो पापाको नाम राम रतन शंखधर हो। उनले मेरो कपाल समातेर मलाई आफूतिर ताने अनि बेस्सरी पिटे’, आफ्नो हातको चोट देखाउँदै उनले भिडियोमा भनेकी छिन्– ‘मलाई मेरो पिताबाट बचाउनुहोस्। कुटपिट गरेपछि म आफ्नी आमाका साथ घरबाट निस्किएको छु।’ समाचारमा जनाएअनुसार बरेलीमा बसोवास गर्ने तृप्तिका पिता उनको विवाह गरिदिन चाहन्छन्। तर, उनी मात्र १९ वर्षकी भइन्। ‘मेरो पापाले तैंले...