गायिका ग्याल्मोलाई बिजुलीमाया वन र हर्मोनी पोखरालाई युवा संगीत पुरस्कार
हेटाैँडा । हेटौंडाका संगीत साधक भीम विरागको ८६ औं जन्मजयन्तीको अवसरमा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुरको आयोजनामा गरिएकाे साङ्गितिक कार्यक्रममा भारत दार्जीलिङ निवासी वरिष्ठ गायिका दावा ग्याल्मोलाई १२ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट प्रदान गरीएको छ । हेटौँडाका सङ्गीतप्रेमी,समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गर्नुभएको एक लाख नगद राशी सहितकाे उक्त पुरस्कार गायिका ग्याल्मोलाई बरिष्ठ गीतकार विश्व बल्लभले प्रदान गरीएको थियो । सोही अवसरमा भीम विराग युवा सङ्गीत पुरस्कार २०७७ बाट २० हजार राशी सहित महिलाहरुको सक्रियतामा सञ्चालित हर्मोनी पोखरालाई प्रदान गरिएको छ । नेपाली सुगम संगीत तथा महिला गायनको संरक्षण, सम्बद्र्धन र प्रशिक्षण...