नेपाली सेनाद्वारा घाेडेजात्रा मनाइयाे

काठमाडौँ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज परम्परागत घोडेजात्रा समारोह सम्पन्न गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा रहेको छ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता गरिएको थियो । यस्तै त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड पनि भएको थियो । उपराष्ट्रपति नन्दकिशोर पुन, कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणलगायत घोडेजात्राको अवलोकनका लागि टुँडिखेल पुगेका थिए । परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण...