महिलालाई राति तथा पुरुषलाई बिहान सेक्स चाहना बढी ! अनुसन्धान के भन्छ ?

सामान्यतः मानिसहरु यौनको बारेमा धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ । यसको लागि यौनबारेमा एकअर्कामा खुलेर कुरा गर्ने वातावरण हुनुपर्दछ । जसरी जीवनमा खाना, निन्द्रा र अन्य दैनिक काम जरुरी छ, सेक्स पनि त्यतिकै जरुरी छ । हाम्रो समाजमा यौनकै कारण कतिपय परिवार भाँडिएको छ, झगडाको बिउ रोपिएको छ । यो यसकारण पनि भइरहेको छ कि हामीलाई यौनको जैविक जानकारी कम छ । हामी मध्ये धेरैलाई सेक्स कतिबेला गर्नुपर्छ भन्ने नै थाहा छैन । हालसालै अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने...