चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक
काठमाडौं । विदेशमा बस्ने नेपालीको देशप्रेम दर्साउने चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक भएको छ । रिलिज गीतको भिडियोमा मुख्य कलाकारहरु साहिल श्रेष्ठ, नन्दु श्रीवास्तव, कुसुम राउत, रवि डंगोल र विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । भोलि शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको चलचित्रको नेपालअघि अमेरिकाको टेक्ससमा प्रिमियर शो गरिएको थियो । सार्वजनिक गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द र दिपक शर्माको संगीत रहेको छ । चलचित्रमा देव भुुषालको लेखन र निर्देशन रहेको छ । प्रेमराज दाहालको निर्माण रहेको चलचित्रका मुख्य कलाकारमा भुवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा छन् ।