आज प्रेम दिवस अर्थात् भ्यालेनटाइन डे
किन होला हिजो आज बरालिन्छ, मन यो जति बाँधी राखु भन्छु उति उड्छ मन यो छाया एउटा सँधै डुल्छ, जहाँ जहाँ म डुले फूल भुल्यो भवरामा, कुन्नी के मा म भुले ?? यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको यो गीतबाट शुरु गर्यौं आजको विशेष शब्दहरू । मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण...