अमिताभ बच्चनको कोरोना परीक्षण नेगेटिभ, अभिषेक बच्चन आजै डिस्चार्ज हुने सम्भावना
काठमाडौं । १२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानकारी दिएको बुझिएको छ । अमिताभका छोरा अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ । उनलाई बिहिबार बेलुकीसम्म डिस्चार्ज गरिने सम्भावना छ । बुधबार पुनः गरियो कोभिड परीक्षणः ७७ वर्षका अमिताभ र उनका ४४ वर्षीय छोरा अभिषेक बाहेक ४६ वर्षकी ऐश्वर्या राय र ८ वर्षकी आराध्या पनि कोरोना पोजेटिभ पाइएका थिए । उनीहरुको नानावटी अस्पतालमा उपचार चलिरहेको छ...