चलचित्र पत्रकार संघले मकवानपुरका अधिकारीसहित ३ जनालाई पुरस्कृत गर्दै
हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको संघको बैठकले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिने संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । उनका अनुसार मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक रेनिश फागोलाई सम्मान गरिने निर्णय भएको छ । यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन...