मकवानपुर गढी पर्यटन विकास समितिको अध्यक्षमा न्यौपाने चयन
हेटौँडा । मकवानपुर गढी पर्यटन विकास समन्वय समितिको अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शुक्रवार हेटौँडामा भएको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानिया, कोषाध्यक्षमा शंकर बि.सी. र सह–सचिवमा अनिल पराजुली चयन भएका हुन । समितिको सदस्यहरूमा क्रमशः एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल चयन भएका हुन । समितिको सल्लाहकार एवम् संरक्षकमा बद्री प्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका...