मनहरी खेलकुद तथा व्यापार महोत्सवको खेलकुद मन्त्री महर्जनद्वारा उद्घाटन
हेटौंडा । मनहरीमा बुधबारबाट प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव शुरु भएको छ । बागमती प्रदेश सरकारका युवा तथा खेलकुद बिकास मन्त्री मिनकृष्ण महर्जनले महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुदै मन्त्री महर्जनले महोत्सब लागिरहेको स्थान मनहरी ८ बेलुवाको खेल मैदानलाई पर्खालको ब्यबस्था मिलाईदिने र यसपटक बजेट थोरै भएको कारण खेलकुदमा आगामी बजेटमा पहिलो प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । बिशिष्ट अतिथी संविधान सभा सदस्य राजाराम स्याङ्तानले खेलकुद महोत्सव गराउन यस भन्दा अघिल्लो स्थानिय सरकारलाई पटक पटक सुझाव दिएको तर सफल भएन तर यो पटक अहिलेको स्थानिय सरकारले यो शाहस गरेको बन्दै प्रसंशा गर्नुभयो । साथै...