बागमती प्रदेशका लेखा अधिकृत र सहलेखापालको सरुवा

हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा झण्डै चार दर्जन कर्मचारीको सरुवा गरेको छ । आर्थिक मामिला मन्त्रालयले प्रदेशका बिभीन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत ३७ जना छैठौ तहका लेखा अधिकृत र ७ जना पाँचौ तहका सह लेखापालको सरुवा गरेको हो । दुइ वर्ष अवधि पुगिसकेका लेखा अधिकृत र सह लेखापालहरुको सरुवा गरिएको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता लक्ष्मी कुमार रिमालले जानकारी दिनुभयो । असार मसान्त सम्ममा आफुले काम गर्दै आएका कार्यालयको काम सकिसकेको र साउनमा अर्को कार्यालयमा जानका लागि सहज पनि भएकाले मन्त्रालयले सरुवा गरेको हो । सरुवा भएका केही लेखा अधिकृतहरु बषौ देखि...