गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ राष्ट्र बैँकद्वारा बिक्री गर्न शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री थालेको छ। राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिन मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै सिक्का टकमरी गरी बेच्न थालेको राष्ट्र बैंकले जनाएको छ । महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण थालेको छ । राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो बरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले...