नेपालमा लगानी हाम्रो उच्च प्राथमिकतामा छ : एआईआईबी

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ।नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गर्दै नेपाल उच्च प्राथमिकतामा रहेको बताएको हो। भेटमा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।जवाफमा एआईआईबी निर्देशक आरएमपी रथनायके नेतृत्वको टोलीले नेपाल एआईआईबीको उच्च प्राथमिकतामा रहेको बताएको हो। निर्देशक रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे। उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए। ५०...