बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता खानेपानी हो : मुख्यमन्त्री जम्मकट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको मुख्य प्राथमिकता भनेको खानेपानी रहेको बताएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको आयोजना तथा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको सहकार्यमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको बागमती प्रदेश स्तरिय क्षमता अभिबृद्धी गोष्ठीको हेटौंडामा उद्घाटन् गर्दै उनले यस्तो कुरा बताए । खानेपानीमा अन्तको बजेट काटेर भएपनि काम गर्नुपर्ने उनले बताए । खानेपानीका वहुवर्षिय योजनाहरुमा बजेट सुनिश्चित गरिएको उनले बताए । बजेट बनाउँदा पनि खानेपानीमा प्राथमिकता दिइएको उनले बताए । कार्यक्रममा बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले खानेपानीको...