बागमती प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन
हेटौंडा । प्रदेश सरकारको लगानीमा निर्माण गरिएको बागमती प्रदेश प्रहरी कार्यालय भवनको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको बुधबार एक समारोहबीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् । साढे ५ तले उक्त भवन पार्किङसहितको सुविधायुक्त छ । २० करोड ५१ लाखको लागतमा निर्माण गरिएको भवनमा १ सय ३२ कोठा रहेका छन् । प्रहरी संगठन प्रदेश सरकारको मातहतमा आइनसकेको भए पनि बागमती प्रदेश सरकारले प्रहरी संगठनलाई सवल र सक्षम बनाउन भवन निर्माणदेखि सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ । ‘मुलुकमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने...