सात अर्ब रुपैयाँमा सुविधा सम्पन्र संसद भवन बन्रे

काठमाडौं । सिंहदरबारको पुतली बगैंचामा संसद् भवन बनाउन सरकारले मागेको प्रस्तावमा स्वदेशी र विदेशी गरी १७ वटा कम्पनीले आवेदन दिएका छन्। सात अर्ब रुपैयाँमा बनाइने यस्तो भवन तीन वर्षभित्र पूरा गर्नुपर्ने सर्त छ। एक सय ७३ रोपनी जग्गामा संघीय संसद्को राष्ट्रियसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न मिल्ने मुख्य दुईसहित विभिन्न ११ वटा भवन बनाउन प्रस्ताव माग भएको हो। भवनमा २२ वटा ब्लक हुनेछन्। संसद् भवन नहुँदा सरकारले काठमाडौं महानगरपालिकासँग भाडामा लिएर बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई प्रयोग गरिरहेको छ। संसद् भवन निर्माणपछि सरकारले मासिक करोडौं रुपैयाँ यस भवनको निम्ति लिइने भाडाबापत बचत हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैंठक...