हेटौँडा व्यापार मेलामा डेढ करोडको कारोबार, विस्तृत विवरण दिइएन

हेटौंडा । गत फागुनमा हेटौँडाको क्याम्पा डाँडाको चौरमा गरिएको औद्योगिक व्यापार मेलामा १ करोड ४० लाखको कारोबार भएको पत्रकार सम्मेलन जनाइएको छ । पत्रकार सम्मेलनमा दिइएको विज्ञप्तीमा एकमुष्ठ आम्दानी खर्चको हिसाब मात्र राखिएको छ । कुन शिर्षकमा के कति आम्दानी र खर्च भएको भनेर राखिएको छैन । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण कटुवालले प्रतिवेदनको शैलिमा फरर शिर्षक सुनाएपिन शिर्षक अनुसारको आय-व्यय विवरण कसैलाई पनि उपलब्ध गराइएन । विहीबार संघको हलमा गरिएको पत्रकार सम्मेलनमा आम्दानी–खर्चको कुल हिसाब लेखिएका विज्ञप्तीमा ६२ लाख ९४ हजार नाफा भएको उल्लेख गरिएको छ । उक्त नाफा मध्ये ५८ लाख ५२ हजार रुपैयालार्य पल्पसा अतिथि गृह...