नेपाल विद्युत प्राधिकरणकाे मुनाफा ७ अर्ब २० करोड
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको छ । आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा रहेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको मंगलबार वार्षिक उपलब्धी सार्वजनिक गर्ने क्रममा बताएकाे हाे । यस्तै विद्युत प्राधिकरणलेआर्थिक वर्ष २०७५/७६ मा विद्युत चुहावट ५ प्रतिशतले घटेकाे जनाएकाे छ । गत आवमा प्राधिकरणको चुहावट २०.४५ प्रतिशत रहेको थियो भने यस आव मा कुल १५.३२ प्रतिशत रहेको छ।