प्रदेश सरकारले सामुदायिक विद्यालयका विद्यार्थीकाे लागि बस खरिद गर्ने

हेटाैँडा । विद्यालय टाढा भएकै कारण समस्या भोग्दै आएका विद्यार्थी लक्षित प्रदेश ३ सरकारले बस खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दस वटा विद्यालयका लागि बस खरिद गर्न लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।‘एक विद्यालय एक नर्स’को अवधारण ल्याएर सफल भएको मन्त्रालयले दोस्रो चरणमा विद्यालय जाँदा घन्टौं हिँड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि बस सुविधा उपलब्ध गराउन लागेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा प्रदेशका १० वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । ‘अहिले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी घन्टौं हिँडेर आउनुपर्ने...