सुनकाे भाउ लगातार घट्दै गयाे

काठमाडौं । केहि दिनदेखि लगातार घटेकाे सुनकाे भाउ आज पनि घटेकाे छ । बिहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य २ सयले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार बिहिबार प्रतिताेला ७० हजार ८ सयमा काराेबार भएकाे छापावाला सुन शुक्रबार प्रतिताेला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। बिहिबार तेजाबी सुन ७० हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।