आज सुनको भाउ स्थिर,चाँदीको भाउ बढ्यो

नेपाली बजारमा बुधवार सुनको भाउ स्थिर रहेको छ । बुधवार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । बुधवार तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन मंगलवार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी मंगलवार भने प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।