राष्ट्रिय कर दिवसको अवसरमा हेटौंडामा उत्कृष्ट करदाता सम्मानित
हेटौंडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारा रहेको १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनका अवसरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जेभी, उद्योग क्षेत्रतर्फ यती पेन्ट्स नेपाल प्रालि, व्यापार क्षेत्रतर्फ न्यु ब्रदर हार्डवेयर, शैक्षिक क्षेत्रतर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस एजुकेसन प्रालिलाई सम्मान गरेको हो । यसैगरी बैंक तथा वित्तीय संस्थातर्फ पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अन्तःशुल्कतर्फ गोरखा लाहारी प्रालिका संचालकरप्रतिनिधिलाई सम्मान गरिएको थियो । उक्त अवसरमा मकवानपुर उद्योग वाणिज्य...