आज सुनको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७२ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो ।