दुई नम्बर वडाको बालगृहलाई सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले हेटौंडा ५ मा रहेको बालगृहलाई स्टेशनरी सामग्री सहयोग गरेको हो । बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडाध्यक्ष विष्णु गोपाल महर्जनले बताए । ‘जेष्ठ नागरिक आश्रमलाई कार्यक्रममै राखेर सहयोग गर्दै आएका छौ’ वडाध्यक्ष महर्जनले भने ‘ सियान, रिकभरिङ समुहलाई सहयोग गर्यौ । आगामी आर्थिक वर्षबाट कार्यक्रममै राखेर बालगृह लगायतका सामाजिक सस्थालाई सहयोग गर्ने छौं ।’ बालगृहलाई २६ हजार बराबरको सामग्री सहयोग गरिएको वडा सचिव राम प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार यस अघि सियान पुनर्स्थापना केन्द्रलाई...