ऊर्जा विकास गर्न नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतबीच नेपालको ऊर्जा क्षेत्रको विकासका लागि सम्झौता भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी कामबारे सम्झौता भएको हो। गएको माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेको थियो। त्यही सहमति अनुसार आज नेपाल विद्युत प्राधिकरण र पावर ग्रीड लिमिटेडले संयुक्त कम्पनी स्थापना गर्न सम्झौता...