कुलमानले ‘स्वीच अन’ गरेसँगै मकवानपुरको चेपाङ बाहुल्य बस्ती खैराङ झलमल्ल

हेटौंडा । मकवानपुरको चेपाङ बाहुल्य विकट गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत झलमल्ल भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबीच राक्सिराङ गाउँपालिका ९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्वीच अन’ गरेर खैराङका बस्तीलाई झलमल्ल बनाए । उनले राक्सिराङ ९ खैराङकी फूलमाया चेपाङको घरको विद्युत्‌को मिटर पनि ‘अन’ गरेका थिए । मकवानपुरकै दुर्गम खैराङमा २०७६र०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतसाधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । जब प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिए, तब खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युत्‌को...