अनलाइन मिडियाकाे वर्तमान अवस्थालाई चिर्न एकजुट हुन जरुरी

हेटाैँडा । मकवानपुरमा आज डिजिटल मिडियासँग सम्वन्धित रहेर छलफल भएकाे छ । स्वस्तिक मिडिया प्रालिले डिजिटल सन्चारमाध्यम स्थापना, सन्चालन र निरन्तरतामा चुनाैती विषयकमा छलफल गर्नेक्रममा बागमती प्रदेशकाे राजधानीमा रहेर पत्रकारिता गर्ने अधिकांश सन्चारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे । पत्रकार आफै सराेकारवाला रहेकाे कार्यक्रममा धारणा राख्ने अधिकांशले पत्रकारिता पेशामा मानसम्मान मर्यादा र यसकाे गरिमालाई जाेगाउन मुख्य चुनाैती रहेकाे बताए । बिशेषत अनलाइन मिडियालाई टिकाइराख्न सबै सन्चारकर्मीहरुले राज्यकाे नीति नियम र मिडियालाई सबल र सक्षम बनाउने सवालमा प्रदेश र स्थानीय सरकारले ध्यान नदिएकाे  बताए । नीति नियम र नियतिमा आवश्यक संसाेधनकाे विषयमा समेत छलफल गरिएकाे थियाे । राज्यले सन्चारमाध्यम...