राष्ट्रको सुरक्षा र विकासमा नेपाली सेनाको महत्त्वपूर्ण योगदान: प्रदेश प्रमुख देवकोटा

हेटाैँडा। नेपाली सेनाले राष्ट्रको सुरक्षामा महत्त्वपूर्ण भुमिका खेल्नुका साथै देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउदै आएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । महाशिवरात्री तथा २६२ औं नेपाली सेना दिवशको उपलक्ष्यमा आयोजित विविध सैनिक प्रदर्शनी-वाकथुन तथा (एडभेन्चर च्यालेन्ज) प्रतियोगिता २०८१ कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएको हो । गौरवशाली इतिहास बोकेको नेपाली सेनाले राष्ट्रलाई पर्न आउने बिभिन्न विपत्तिमा जनताहरुको जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आईरहेको उहाले बताउनु भयो । जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका हरेक कुनाकाप्चामा जनहीतका कार्यहरु गर्दै, आफ्नो ज्यानको पर्वाह...