स्ववियु निर्वाचन मकवानपुर : हेटौँडा क्याम्पसमा अभि मैनाली विजयी

हेटौँडा । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । मंगलबार राती सुरु भएर बुधबार बिहान सम्पन्न भएको मतगणना अनुसार २ सय ५१ मतसहित मैनाली विजयी हुनुभएको हो । मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का आकांक्षी अखिल क्रान्तिकारीका दीपक वाईबा १ सय १९ मत सहित पराजित हुनुभयो । स्ववियुमा मैनालीकै प्यानलबाट पदाधिकारीहरू निर्वाचित भएका छ । सचिवमा मैनालीकै प्यानलबाट २ सय ७१ मत सहित अनेरास्ववियुका गणेश तिमल्सिना विजयी हुनुहुँदा निकटम प्रतिद्वन्द्वी वाईबाको प्यानलबाट अखिल (क्रान्तिकारी) का ईश्वर ढुङगेल ९१ मतसहित पराजित हुनुप¥यो । कोषाध्यक्षमा...