कामको अनुगमन र मूल्यांकन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले कामको अनुगमन र मूल्यांकनका लागि कानुन बनाउने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुगमन तथा मूल्यांकनका लागि कानुन निर्माण गर्ने तयारी अनुरुप मस्यौदा तर्जुमाका लागि सहमति दिने निर्णय गरेको हो । प्रदेश सरकारबाट भएका कामको प्रभावकारिता जाँचका लागि कानुन बनाएर अनुगमन तथा मुल्यांकन गर्न कानुन निर्माणको तयारी गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा प्रदेश अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । अनुगमन तथा मूल्यांकन विधेयक आएपछि सरकारले कानुन कार्यान्वयनको अवस्थादेखि प्रदेशको विकास...