अष्ट्रेलियाली राजदूतकाे हाकाहाकी गिरफ्तारीको धम्की दिंदा रन्किए बाबुराम

काठमाडौै । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालस्थित विदेशी राजदूतलाई कुटनीतिक मर्यादाभित्र रहेर टिप्पणी गर्न भनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले शुक्रबार ट्विटरमार्फत विदेशी राजदूतहरुलाई कुटनीतिक मर्यादाभित्र रहन र नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न भन्दै सचेत गराएका हुन् । संक्रमणकालीन न्यायलाई लिएर अष्ट्रेलियाका राजदूतले पूर्व माओवादी नेताहरु आफ्नो मुलुकमा गिरफ्तार हुन सक्ने समाचार बाहिर आएपछि भट्टराईले कडा आपत्ति जनाएका हुन् । ‘विदेशी राजदूतहरुले कुटनीतिक मूल्य र मर्यादालाई पालना गर्नुपर्छ र अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । सबै शक्ति राष्ट्रहरु आडम्बरबाट मुक्त हुन आवश्यक छ । आकार र आर्थिक अवस्था जे...