सरकारद्वारा मन्त्रिपरिषदका प्रमुख २१ निर्णयहरु सार्वजनिक
काठमाडौं । सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद निर्णय सार्वजनिक गरेका हुन् । यी हुन् निर्णयहरू- १. झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएका निम्न भारतीय नागरिकका नाममा जारी नेपाली नागरिकता रद्द गर्ने र ती कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ– क) सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह । ख) धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर । ग) रौतहट जिप्रकाबाट...