बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्ये एक ‘नेपाल’
न्युयोर्क । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गर्नुभएको छ । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको पुर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउनुहुदै बिश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो बिकास लक्ष्य – ४ सम्बन्धि ‘हाई लेभल पोल्टिकल फोरम’मा भाग लिन न्युयोर्क रहनुभएका पोखरेलले कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा भिजिट नेपाल २०२०२ लाई सफल बनाउन आयोजित नेपाल को पर्यटन कला र सस्कृती बिषयक गोष्ठीलाई सम्बोधन गर्नुभएको छ ।...