विप्लब नेतृत्व नेकपाकाे भोलि (साउन-१५) गते बन्द, (विज्ञप्ति सहित)

काठमाडौँ । आफ्ना पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा ‘प्रज्वल’ लाई पक्राउ गरिएको विरोधमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ । साउन ११ गते प्रचार प्रसार, १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकारबाही कारबाही, १४ गते मसाल जुलुस गर्ने  लगायतका कार्यक्रम रहेकाे  पार्टीका प्रवक्ता खड्गबहादुर वि.क. ‘प्रकाण्ड’ द्वारा विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेकाे छ । । यस्तै १५ गते बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको  विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश...